• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१९ भाद्र २०८१, बुधबार


    बिज्ञापन
  • विष्णाप सहकारी संस्थाको ११ औं वार्षिक साधारण सम्पन्न

    टोखा टाइम्स । विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    माननीय वाग्मती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको सहकारीको १२ स्थापना दिवस तथा ११ अौं वार्षिक साधारण सभा कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, टोखा सहकारी शाखा प्रमुख कमला कार्की विशिष्ट अतिथि, २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ३ वडाका वडाध्यक्ष रमेश डंगोल, सल्लाहकार नवीन डंगोल, नानी बाबू डंगोल, धर्म डंगोल तथा निवर्तमान अध्यक्ष राम राज श्रेष्ठ , शेयर सदस्य तथा कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    संस्थाको चालू आ.व.को कुल चुक्ता शेयर पुँजी ३,४४,६७,२५०।००(तीन करोड चौवालीस लाख सतसठ्ठी हजार दुई सय पचास रूपैयाँ ), निक्षेप बचत ४,७८,१८,५७०।००(चार करोड अठहत्तर लाख अठार हजार पाँच सय सत्तरी रूपैयाँ), ऋण लगानी ७,४७,०५,६३४।०० (सात करोड सठचालिस लाख पाँच हजार छ सय चौतीस रूपैयाँ) रहेको छ ।

    यस वर्ष संस्थाले आफ्ना शेयर सदस्यहरूलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

    कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणकर्ता, उत्कृष्ट बाल बचतकर्तालाई सम्मान गरिएको थियो । सहकारीको तर्फबाट विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भई बिजयी खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

    तस्वीरः शुकराम श्रेष्ठ (टोखा फोटो स्टुडियो)

    Facebook Comments Box