टोखा टाइम्स, १० श्रावण २०८१
ट्राफिक प्रहरी प्रभाग टोखामा विभिन्न कारबाहीमा खिचिएका कागजपत्रहरू अब सोही कार्यालयबाट नै फिर्ता लिन पाउने भएको छ ।
ट्राफिक प्रहरी प्रभाग टोखाका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक सरोज पौडेलले श्रावण ६ गते जारी गरेको सूचनामा भनिएको छ-‘यस ट्राफिक प्रभाग टोखामा विभिन्न कारबाहीमा खिचिएका कागजपत्रहरू विगत लामो समय देखी ट्राफिक प्रहरी वृत महाराजगंजबाट फिर्ता लिने व्यवस्थाले यस क्षेत्रका सेवाग्राहीहरुले पटक-पटक यस कार्यालयमा गुनासो गर्दै आएकोले सोही गुनासोलाई मध्यनजर गर्दै मिति २०८१/०४/०१ गतेबाट TVRS (Traffic Violation Record System) संचालन गरिएको हुँदा सचेतना कक्षा बाहेकका अन्य कागजपत्रहरु यस कार्यालयबाट नै फिर्ता लिने व्यबस्था मिलाईएको व्यहोरा सम्पुर्णमा जानकारी गर्दछौ ।’