• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ पुष २०८१, बुधबार


    बिज्ञापन

    यसरी मनाउँदै छन् टोखामा पन्ध्रौं नेवाः एकता दिवस

    टोखा टाइम्स, २४ पुस । गएको पन्ध्र वर्ष अघि नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले नयाँ सविधानमा नेवाः लगायतका समावेश गरि प्रदेश निरेमाणका क्रममा नेवाः प्रदेश घोषणा गर्नु पर्ने माग गर्दै काठमाडौंको दशरथ रंगशालामा भएको एकता दिवसको सम्झनामा वर्षेनि मनाउँदै आइरहेको पन्ध्रौं नेवा: एकता दिवस आज (पुस २४ गते) वृहत् रूपमा मनाईदै छ ।

    नेवाः देय् दबूको संयोजनमा नेवाः मुक्ति मोर्चा, नेपाल नेवाः राष्ट्रिय संघ समाजवादी, नेपाः राष्ट्रिय पार्टी, लोकतान्त्रिक नेवाः संघ, जनता समाजवादी नेवाः संघ, ज्यापु महागुथि नेपाः, नेवाः जागरण मञ्च, हलिं नेवाः दबूनेपाः देय् मू कवः, हलिं नेवाः गुथि, नेवाः ग्वाहालि पुचः, आदिवासी नेवाः राजनीतिक अभियान, नेवाः देय् गुथि नेपालमण्डल लगायत विभिन्न टोखाका स्थानीय पुचःको संयुक्त आयोजनामा यसरी पन्ध्रौं नेवाः एकता दिवस मनाउँन लागेको हो ।

    आज बुधवार विहान ११ बजे टोखाको सरस्वती चौरमा जम्माभई टोखा नगर परिक्रमा पश्चात ट‍ोखाको थने लाछीमा हुने सभाको सभापतित्व नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले गर्नेछन् भने कार्यक्रममा विशेष अतिथिको रूपमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेवाः अभियानता मल्ल के सुन्दर, प्रदेश सांसदहरू, तोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङका साथै आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पालाई निम्त्याएको छ ।

    त्यस्तै, नेवाः देय् दबूका संरक्षक, सल्लाहकारहरू डा. पुष्पराज राजकर्णिकार, डा. महेशमान श्रेष्ठ, मुक्ति प्रधानका साथ‌ै विभिन्न व्यक्तिहरू आमन्त्रण गरिएको छ ।

    आयोजकले दिएको जानकारी अनुसार आजको नेवाः एकता सभामा सर्वप्रथम नेपालको राष्ट्रिय गान, नेवाः राष्ट्रिय गान बजाउने छ, त्यस पश्चात शहिदहरूको सम्झनामा श्रद्धाञ्जलि पश्चात् पानसमा दीप प्रज्वलन गरी देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले उद्घाटन गर्नुहुनेछ ।

    कार्यक्रममा नेवाः एकता दिवसको अवधारणालाई लिएर मल्ल के सुन्दरले आफ्नो अभिव्यक्ति राख्ने छन्, संविधान संशोधनको विषयमा नेवाः अवधारणा नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीका अध्यक्ष माइला बाबु देउलाले प्रस्तुत गर्ने छन् ।

    त्यस्तै, कार्यक्रममा लोकतान्त्रिक नेवाः दबूका अध्यक्ष भगवान शाक्यले नेवाः एकताको संयुक्त प्रतिबद्धता वाचन गर्ने छन् । भने कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आआफ्नो मनतव्य प्रस्तुत गर्नेछन् ।

    साथैे, कार्यक्रममा टोखा घोषणा पत्रको वाचन नेवाः देय् दबू स्वनिगः प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जने प्रस्तुत गर्नेछन् ।

    कार्यक्रममा नेवाः देय् दबू टोखा नगर समितिका नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गरणनुका साथै कार्यक्रममा सहयोग गर्नेलाई धन्यवाद पत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ ।

    उक्त पन्ध्रौं नेवाः एकता दिवस सभा कार्यक्रम नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोलले सञ्चालन गर्नेछन् ।

    Facebook Comments Box