टोखा नगरपालिका वडा नम्वर २ को एक हजार मत गणना हुँदा नगर प्रमुखमा नेकपा( एमाले) का प्रकाश अधिकारीले
३ सय ९१ मत ल्याएर अग्रता लिएका छन् । यस्तै काँग्रेसका रजनी थापाले ३ सय ५८ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले ३४ मत ल्याएका छन् ।
नगर उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले ४ सय ६, काँग्रसका मुरारी तामाङ्गले ३ सय ६० र माओवादीकी ३० मत ल्याएकी छिन् ।
वडाध्यक्षमा नेकपा (एमाले) धर्मेन्द्र श्रेष्ठले ४ सय ४९ मत ल्याएका छन भने काँग्रेसका माईला डंगोलले २ सय ९४ मत प्राप्त गरेका छन् ।
यस्तै माओबादीका राजेन्द्र श्रेष्ठको ३४ मत प्राप्त गरेका छन्। समाजवादीका देवराज डंगोलको २० मत रहेको छ । भने नेाकिपाका रमेश डंगोलले २७ मत प्राप्त गरेका छन् ।