टोखा टाइम्स, काठमाडौं । टाेखा नगरपालिका – ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसकी शान्ता पाैडेल विजयी भएकी छन् ।
नेपाली काँग्रेसकाे तर्फबाट टाेखा नगरपालिका वडा अध्यक्षकी उम्मेदवार रहेकी पाैडेलले आफ्ना प्रतिस्पर्धी एमालेलाई पछि पार्दै जित हासिल गरेकी हुन् । उनी गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित समेत भएकी थिइन् ।
टाेखा नगरपालिका वडा नं. ६ मा उनकाे प्यानलै विजयी भएका छन् ।