• टोखा: रजनी १६८ र मुरारी ७३८ मतान्तरले अगाडि

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा मत गणना जारी रहेको छ । १-८ वडाको मत गन्न सकिसकेको छ भने ९,१० र ११ वडाको मतगणना जारी छ । ९,१०र११ को क्रमशः ८००, १०० र ६०० मतगणना हुँदासम्म मेयर र उपमेयरमा काँग्रेसका उम्मेद्वार अग्रस्थनामा रहेका छन् ।

    पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसकी मेयर उम्मेदवार रजनी थापाले ८४५० र उपमेयर उम्मेदवार मुराली तामाङले ८४५० मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले ८२८२ र उपमेयर ज्ञानमाया डंगोलले ७७१२ मत पाएका छन् ।

    रजनी १६८ र मुरारी ७३८ मतान्तरले अगाडि रहेका छन् ।

    Facebook Comments Box