• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन
  • सपनतीर्थ क्षेत्र विकास समितिको अध्यक्षमा देवराज निर्वाचित

    टोखा टाइम्स, काठमाडौँ । सपन द्यः खलको छाता संगठनको रुपमा रहेको सपनतीर्थ क्षेत्र विकास समितिको अध्यक्षमा देवराज डंगोल निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न सपनतीर्थ क्षेत्र विकास समितिको तेस्रो महाधिवेशनले डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा पञ्चलाल डंगोल, सचिवमा हेरकाजी डंगोल, सहसचिवमा श्रीमाया डंगोल कोषाध्यक्षमा शोखराज डंगोल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धिलाल महर्जन रामकृष्ण डंगोल रमेश डंगोल रोशन डंगोलल सुजिन्द्र डंगोल आइतराज महर्जन आशामरु डंगोल र दिलकुमारी डंगोल चयन भएका छन् ।

    नवनिर्वाचित पदाधिकारीहरु

    निर्वाचित अध्यक्ष देवराज डंगोलले सपन द्यः र परिसरको विकासको लागि आफु र आफ्नो टिम कटिबद्ध भएर लागि पर्ने बताए । तीन वर्ष भित्र सपन द्यः परिसरको विकास प्रवर्द्धन र संम्वद्धनको लागि योजनाबद्ध अगाडि बढ्ने समेत उनले बताए । उनले ११ वर्षदेखि समितिको कोक्षाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आरहेका थिए ।

    टोखा ऐतिहासिक, धार्मिक, संस्कृतमा धनि भएको भन्दै त्यसको संरक्षण र प्रवर्द्धन गर्नका लागि संस्कृतिक आभियन्तहरु सँगै बसेर योजनाहरु बनाएर अगाडि बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले  बताए ।कार्यक्रममा सम्बोधन गर्दै उनले भने –‘हामीले पाँच वर्षमा साँस्कृतिक क्षेत्रमा धेरै काम गरेका छौँ । अब त्यसलाई मुर्त रुप दिन बाँकी छ । टोखामा रहेका धार्मिक सम्पदाहरुको एकृकीत योजना बनाऔं नगरपालिकाले सकेको बजेट नगरपालिकाले राख्ने नगरले नसके प्रदेश र केन्द्रबाट ल्याएर काम गरौँ ।’

    कार्यक्रमाका विशेष अतिथि नगर उपप्रमुख मुरारी तामाङले टोखाको धार्मिक, सांस्कृतिक क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिने बताए ।

    कार्यक्रममा निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोलले टोखाको संस्कृति, बाजा खलःहरुको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले विशेष बजेट छुट्याउन नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखलाई आग्रह गरिन ।

    कार्यक्रममा कोषाध्यक्ष देवराज डंगोलले समितिको आर्थिक प्रतिवेदन प्रशे गरेका थिए भने अध्यक्ष अष्ट नारायण डंगोलले समितिको प्रगति विवरण पेश गरेका थिए ।

    सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष अष्ट नारायण डंगोलको सभाध्यतामा सपनतीर्थ मन्दिर परिसरमा सञ्चालन भएको उक्त अभिवेशनको पहिलो चरणको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।  उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगर उपप्रमुख मुराली तामाङ , टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ सदस्य आयन डंगोल, अमर डंगोल, सविना श्रेष्ठ, टोखा देय नायो हेमराज श्रेष्ठ, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवा गुथि तोखाका अध्यक्ष रमेश नापित निवर्तमान नगर उपप्रमुख ज्ञानमाया डंगोल लगायतको उपस्थित रहेको थियो ।

     

    Facebook Comments Box