• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ असार २०७९, सोमबार


    बिज्ञापन
  • टाेखाका चाकु व्यवसायीहरुलाई सामान हस्तान्तरण कार्यक्रम सम्पन्न

    टोखा टाइम्स काठमाडौँ । परम्परागत विधि र प्रविधिबाट चाकु उत्पादन गर्ने उत्पादनकहरूलाई चाकु बनाउन प्रयोग हुने सामाग्री वितरण गरिएको छ ।

     

    टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा सोमबार आयोजित एक कार्यक्रमका बीच टोखाका चाकु उत्पादकहरूलाई टोखा नगरपालिकाकी पुर्व नगर उपप्रमुख ज्ञान माया डंगोलले डेक्ची र प्लाष्टिक प्याकिङ मेसिन १/१ थान हस्तान्तरण गरेको हो ।

     

    टोखा नगरपालिकाबाट सहयोग प्राप्त भएको १३ थान चाकु पकाउने डेक्ची र प्लाष्टिक शिल गर्ने १ १ थान प्लाष्टिक प्याकिङ मेसिन समाजका ११  परम्परागत चाकु बनाउने उद्योगीहरुलाई सोमबार एक कार्यक्रमका बिच प्रमुख अतिथि पुर्व टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले उक्त सामान हस्तान्तरण गरेकी थिइन् ।

    टोखा परम्परागत चाकु संरक्षण समाजका महासचिव रामराज श्रेष्ठले स्वागत मन्तब्य राख्दै टोखाको चाकु व्यवसायीहरु ब्यापार मात्रै नगरेर टोखाको परापुर्वकाल देखि टोखा चाकुको नामले प्रसिद्ध टोखालाई एउटा सम्पदाको नामले समेत चिनाइरहदा गर्वको महसुस भैरहेको बताउदै शनिबार टोखा नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रममा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्ने घोषणाले अत्यन्तै खुशी लागेको बताए।

     

    महासचिव श्रेष्ठले चाकु व्यवसायीलाई सहयोग गर्न नीतिनिर्माण गर्न पटक पटक दौडधुप पछि २०७४ सालमा निर्वाचित जनप्रतिनिधि टोखा नगरउप प्रमुख ज्ञानमाया डंगोलको बिशेष पहल कदमले ढिलै भए पनि ३ लाख बराबरको अहिले सामग्री हस्तान्तरण गर्नु भएकोमा टोखा नगरपालिका र पुर्व उप प्रमुख ज्ञानमाया डंगोललाई हार्दिक आभार प्रकट  गरे ।

     

    कार्यक्रमका प्रमुख अतिथि पुर्व उप प्रमुख ज्ञानमाया डंगोलले विभिन्न आरोहअवरोहका बिच कठिनाई झेल्दै ब्यापारसंगसंगै टोखा सम्पदा चिनाइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजको हकहित , अधिकार , समाज संरक्षण गर्ने कुरामा आफ्नो सधै साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरिन ।

    पुर्व उप प्रमुख ज्ञानमाया डंगोलले स्थानीय वस्तुलाई बृहत उत्पादन गरि नेपालमा उत्पादन वृद्धि गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो । टोखा परम्परागत चाकु संरक्षण समाजले देश भरिका चाकु बनाउने व्यवसायीहरुलाई एकताबद्द गराएर अगाडि बढ्नु पर्नेमा जोड दिइन।

     

    टोखा परम्परागत चाकु संरक्षण समाज अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले टोखाका परम्परागत रूपमा संचालन गर्दै चाकु कम्पनिहरुले दर्ता गरि कर तिरेर नै चलाई रहेको बताए । उनले चाकु उद्योगीहरुले करको दायरामा बसि टोखा चाकुलाई ऐतिहासिक ,मौलिक, परम्परागत रुपमा चाकु बनाएर चाकु व्यवसायीहरुलाई समेत एकै थलोमा आबद्ध गराएर चाकु बनाउने नयाँ पुस्ता तयार गरि सक्षम जनशक्ति निर्माणमा परम्परागत चाकु संरक्षण समाज अघि बढीरहेको बताए।

     

    अध्यक्ष श्रेष्ठले चाकु टोखाको नाम संगसंगै सम्पदा समेत चिनाइरहेको बताउदै टोखा चाकुलाई टोखा नगरपालिकाले नीति निर्माण कार्यक्रममा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्ने घोषणा गरेको कदम स्वागत योग्य र ऐतिहासिक कदम भन्दै खुशी व्यक्त गरे । उनले टोखामा समग्र चाकु कम्पनी उद्योगीहरुको छाता संगठनको रूपमा रहेको टोखा परम्परागत चाकु संरक्षण समाजको नीति निर्माण र भावी योजनामा मात्रै टोखा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्न सम्भव हुने अध्यक्ष श्रेष्ठले बताए ।

     

    कार्यक्रममा बिशिस्ट अतिथी जेष्ठ चाकु व्यवसायी काशीलाल श्रेष्ठ, लगायत टोखा परम्परागत चाकु संरक्षण समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box