• आजदेखि भौतिक रुपमै पठनपाठन सुरु

    काठमाडौँ – कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुलेका छन् । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्न सरकारले आग्रह गरेको छ ।

    यस्तै, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न भनिएको छ ।

    डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी राति १० बजेसम्म मात्र संचालन हुन पाउने छन् ।

    Facebook Comments Box