• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन
  • टोखा २ वडाको अत्यन्त जरुरी सूचना

    काठमाडौँ  । टोखा नगरपालिका वडा नं २ ले ऐतिहासिक तथा संस्कृतिक धरोहर क्षेत्र भित्र अनधिकृत रुफमा जथाभावि तवरले ब्यक्तिगत तथा सार्वजनिक सवारी साधन पार्किङ तथा रोडमा निर्माण सामग्री व्यवस्थित गरी वटुवा तथा सर्वसाधारणलाई आवत जावत गर्ने सम्बन्धमा सूचना जारी गरेको छ ।

    सूचनामा भनिएको छ, ‘भोलि हुने फागुन ४ गते हुने श्री स्वस्थानी साङ्गेमा लाग्ने मेलामा भक्तजनलाई मन्दिर जान आउन तथा नगर परिक्रममा सहजको लागि तथा यस ठाउँको वातावणमा समेत असर नपरोस् भनि सम्बन्धित सरोकारवाला घरधनी तथा गाडी धनीले आआफ्नो घर तथा पार्किङ एरियामा मात्र गाडी पार्किङ गरी निर्माण सामग्रीका सामान हटाई जात्रा पर्वलाई सहजरुपमा सञ्चालन एवं सवारी साधन तथा आगवहनमा सहज गराउनको लागि यो सूचना जारी गरिएको छ । सूचना बमोजिम सवारी साधन तथा समान नहटाएमा सवारी साधन ऐन तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही हुने व्योहोरा जानकारी गराइन्छ ।’

    Facebook Comments Box