• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ फाल्गुन २०७८, बिहीबार


    बिज्ञापन
  • स्थानीय तह निर्वाचन : आजदेखि दल दर्ता आह्वान

    काठमाडौंँ – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आजदेखि दल दर्ता आह्वान गरेको हो । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपिठ भएको थियो ।  तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ ।

    Facebook Comments Box