• टोखा टाइम्स

    • प्रकाशित मिति:३० मंसिर २०८०, शनिबार


    बिज्ञापन
  • तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । टोखा नगरपालिकाले आयोजना गरेको पाँचदिने प्रतियोगिताको टोखा–८ मा अवस्थित फ्लोरोसेन्ट माध्यमिक विद्यालय प्राङ्गणमा आज एक समारोह बीच नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे ।

    प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्स तर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिलेलगायतका विभिन्न खेलमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा उत्रिएने छन् ।

    प्रतियोगितामा तेक्वान्दो फ्लोरोसेन्ट माध्यमिक विद्यालय, कराते र उसु जालुपा चोक कराते हल, कबड्डी ग्लोवल स्कुल, भलिबल र एथलेटिक्सका खेल भुतखेल खेलमैदानमा सञ्चालन हुँदैछ । मंसिर ३० गतेबाट सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम पुष ४ गते ग्लोवल स्कुलमा हुनेछ ।

    तालिका

    Facebook Comments Box