• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०८०, मंगलवार


    बिज्ञापन
  • विष्णुमति करिडोरमा चल्यो डोजर, अवैध संरचना हटाइँदै टोखा नगरपालिका

    काठमाडाैँ । टोखा नगरपालिकाले विष्णुमति खोला किनारमा रहेका अवैध संरचना हताउने कार्यलाई तीव्रता दिएको छ । टोखा नगरपालिकाले खोला किनारका सडक करिडोरको मापदण्ड भएको ठाउँमा १५ दिन अघि (माघ २२ गते) सार्वजनिक सूचना निकालेर घर, टहरा खाली गराउन भनेकाे थियाे । तर उक्त सूचनालाई अटेर गरेपछि आज बिहानदेखि ती संरचना भत्काउन थालिएकाे छ । बिहान ७ बजेदेखि नै नगर प्रहरी, जनप्रतिनिधि, स्थानीय जनता, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा नगरपालिकाले फ्लोरोसेन्ट मा.वि.को २ तले घर, स्थानीय काले तामाङ लगायतको घरमा डोजर लगाई भत्काएकाे छ । करिडोर क्षेत्रमा आज ३ ओटा डोजर चलिरहेका छन् ।

    साे क्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, उपमेयर मुरारी तामाङ, वडाअध्यक्ष र सदस्यहरुकाे उपस्थिति थियाे । आज वडा नं. ८ मा डोजर लगाइएको छ र बाँकीमा पनि लगाउँदै जाने बताइएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौबाट सुरक्षा मागेर नगरपालिकाले वडा नं. ८, ११ र ३ को खोला करिडोरका जग्गा खाली गर्नुका साथै सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकाले महाअभियान नै सञ्चालन गरेको छ । यो अभियान सबै वडाहरुमा सुरु हुने नगरपालिकाले जानकारी दिएको छ ।

    स्थानीय काले तामाङको घर भत्काउने क्रममा स्थानीयले डोजर तोडफोड गर्दै ढुंगामुढा प्रहार गरेपछि केही समय झडप भएकाे थियाे । प्रहरीले घर घेरा हाली ढुंगामुढा प्रहान गर्नेहरुलाई कब्जामा लिई घरको सामान खाली गराएर भत्काउने कार्य सुचारु गराएको थियो । आजको कार्य ग्राण्डी अस्पतालसम्म पुग्ने गरी डोजर सञ्चालन भइरहेको छ । ग्राण्डी अस्पतालकाे पनि कम्पाउण्डको जग्गा करिडोर मापदण्डमा परेको छ ।

    Facebook Comments Box