• विश्व वातावरण दिवसको अवसरमा वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना

    टोखा टाइम्स, २५ जेठ । विश्व वातारवण दिवसको अवसरमा विद्यालय स्तरिय वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । टोखा नगरपालिका २ वडा कार्यालय, टोखा चण्डेश्वरीले विश्व वातारवण दिवसको अवसर पारेर विद्यालय स्तरीय वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो ।

    समीक्षा डंगोल

    प्रतियोगिताको वक्तृत्वकला प्रतियोगितामा गणेश स्कृलकी छात्रा समीक्षा डंगोल प्रथम भएकी थिइन । डिवाइन स्कृलकी लीमा जोशी द्वितीय, ओएसिस स्कृलकी सुवीना तामाङ तृतीय र चण्डेश्वरी माद्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले सान्त्वना स्थान हासिल गरेकी थिइन । विजयी प्रतियोगिहरूलाई क्रमशः नगद रू.पाँच हजार, चार हजार, तीन हजार र दुई हजार सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

    हाजिरी जवाफ प्रतियोगितामा छात्र र छात्रा गरि छुट्टाछुट्टै समूह बीच प्रतिस्पर्धा गराएको थियो । जसमा छात्रा तर्फ  डिवाइन स्कुलले प्रथम स्थान हासिल गरेको थियो भने लक्ष्मीपुर र गणेश स्कुलले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै, छात्र तर्फ ओएसिस स्कुल प्रथम, गणेश र डिवाइनले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

    विजयी दुवै टिमलाई क्रमशः नगद रू बीस हजार, पन्ध्र हजार र दस हजार सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

    समापन कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठले विद्यालयका वालवालिकाहरूको सर्वागीण विकास गर्ने स्थानीय सरकारको दायत्व भएको बताउनुभयो । यस्ता कार्यक्रमले विद्यालयका विद्यार्थीहरु वीच एक आपसमा परिचित हुने र एक आपसमा भएका ज्ञानहरूको सातासात गर्न पाउने भएकाले वडा कार्यालयले विद्यालयको पठनपाठन भन्दा अतिरिक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उनले विद्यार्थीहरुलाई विद्यालयको पाठ्यक्रमसँगै दैनिक जीवनमा उपयोग हुने व्यवहारिक शीप र ज्ञानहरु पनि विद्यालयले दिनु पर्नेमा जोड् दिनुभयो ।

    त्यस्तै,  वडा सदस्य सविना श्रेष्ठले २ नम्वर वडा कार्यालयलयले विद्यार्थीहरु केन्द्रीत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउँदै आगामी दिनहरुमा अझ वढि विद्यार्थी लक्षित कार्यक्रमहरुको व्यवस्थापन गरिने बताउनु भयो ।

    यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिकताको विकास हुनुका साथै आफुभित्रको प्रतिभाको प्रस्फुटन हुने भएकाले आगामी दिनहरूमा अझै यस्ता कार्यक्रमहरूको खाँचो भएको कार्यक्रममा सहभागिका तर्फबाट बोल्ने विद्यार्थीहरूले आफ्ना धारणा राखेका थिए ।

    कार्यक्रम सञ्चालन वडा सचिव शालिकराम गौतमले गर्नुभएको थियो ।

    Facebook Comments Box