• टोखा नगरपालिकामा ‘कार्यसम्पादन करार सम्झौता’

    टोखा टाइम्स । टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी बीच कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ ।  टोखा नगरपालिका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीचको कार्यसम्पदान करार सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ तथा नियमावली २०६५; स्थानीय सरकार संचालन ऐन २०७४; सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ तथा संघीय र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी निर्देशनहरुको अधिनमा रही कार्य सम्पादन गर्ने गरी नगर प्रमुख प्रकाश अधिकारीसंग प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले कार्यसम्पादन सम्झौता गरेको हो ।

    नगरपालिकाको सभाहलमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले शाखा प्रमुख र आफु मातहातका कार्यचारीहरुसँग कार्यसम्पादन करार सम्झौता रहेका थिए भने शाखा प्रमुखहरुले आआफ्नो मातहाका कर्मचारीहरुसँग करार सम्झौता गरेका थिए । सार्वजनिक निकायबाट तलब, भत्ता, पारिश्रमिक तथा सुविधा पाउने गरी नियुक्त वा मनोनीत पदाधिकारीहरूको कार्यसम्पादन करार गरेको हो । करार अवधि एक वर्षको रहनेछ ।

    नगर प्रमुख प्रकाश अधिकारीसंग प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले गरेको कार्यसम्पादन सम्झौता ।

    कार्यसम्पादन सम्झौता स्थानीय तहको विकासका लागि महत्वपुर्ण रहेको बताउँदै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख प्रकाश अधिकारीले कार्यसम्पादन सम्झौता गर्न पाउनु खुशी र गौरवको विषय भएको बताए । उहाँले कर्मचारीहरुले करार सम्झौतामा उल्लेखित शर्तहरु अक्षरस पाल्ना गर्दै नगर विकासमा लाग्ने विश्वास लिएको बताए ।

    सेवाग्राहीहरुलाई मुस्कान सहितको चुस्त र छिट्टो छरितो सेवा दिन आग्रह गर्दै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिने बताए । साथै उनले कार्यालय समयमा कोहि पनि कर्मचारी आफ्नो कार्यालयमा नरहेको भेटिए वा पाइएमा कडा कार्वाही गरिने चेतावनी दिदै त्यसको निगरानी तथा उचित नीति बनाउन नगरपालिकाको सुशासन तथा संस्थागत विकास समितिलाई निर्देशन दिएका थिए ।

    कार्यक्रममा शुभकामना मनतब्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि तथा नगर उपप्रमुख मुरारी तामाङले दुई वर्षपछि बल्ल सबै कर्मचारीहरुसँग प्रत्यक्षरुपमा भेटघाट हुन पाएको भन्दै नगरले निर्धारण गरेकै लक्ष्य तथा कार्यक्रमहरु सफल पार्न आआफ्नो तर्फबाट जिम्मेवार भएर लाग्न आग्रह गरे ।

    कार्यक्रमको औचित्य प्रस्त पार्दै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले सार्वजनिक पदाधिकारीलाई कामप्रति जिम्मेवार र उत्तरदायी बनाई कार्यसम्पादनलाई प्रभावकारी तथा नतिजामुखी बनाउन भन्दै सरकारले निर्देशिका जारी गरेको भन्दै सुशासन, कर्मचारीहरुलाई संस्थागत जिम्मेवारीको बोध गराउन, सहि रुपमा कार्य सम्पादन गर्न सेवाग्राहीलाई चुस्त झन्झट रहित सेवा प्रवाह गर्न कार्यसम्पादन करार सम्झौता प्रभावकारी रहेको बताए ।

    प्रमुख प्रशासकीय अधिकृत बि.सीले नगपालिकाले लिएको लक्ष्य नीति तथा कार्यक्रमहरुलाई सफल बनाउन तथा कार्यालयलेबाट नागरिकहरुलाई दिइने सेवा सुविधामा कुनै पनि कमिकमजोरी नहुने गरी कार्यसम्पादन गर्न आफु मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

    नगरपालिकामा १५१ कर्मचारी, ३३ स्वास्थ्य, १५२ शिक्षक, ३५ अनुदान, ३६ आया, २० नगर प्रमुख गरी ४३४ जना कर्मचारीहरु कार्यरत छन् ।

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, शेर बहादुर बि.सी, वडाअध्यक्ष, सामुदायीक विद्यालयका प्राचार्य, नगर सभा तथा कार्यपालिका सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box