• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ पुष २०७८, बिहीबार


    बिज्ञापन
  • काेराेनाकाे कारण यसवर्ष श्री माधवनारायण व्रतको नित्य पूजा मात्रै गरिने

    टोखा टाइम्स, काठमाडौं । परापूर्वदेखि सञ्चालन हुँदै आईरहेको श्री माधवनारायण व्रत नित्य पूजा मात्रै गरिने भएको छ । विगत लामो समय देखि आएको साखु शालिनदीको माधवनारायण मेला कोरोनाको कारण प्रभावित भएको छ ।

    यस वर्ष कोभिड–१९ को ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापुर्वदेखि संचालन हुँदै आइरहेको माधवनारायण व्रत नित्य पुजा आजा एवं धार्मिक विधि पुर्याएर सीमित व्रतालु मात्र राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए । उनले भने, ‘यस वर्ष कोभिड १९को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिनेछ । भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी बार बन्देज गरिनेछ ।’

    साँथै उनले सम्पूर्ण व्रतालुहरुसँग पूर्ण खोप लगाइएको कार्डको कपी लिईने र निमोनिया भए नभएको एकिन गर्न एक्सरे लिने समेत व्यवस्था गरिएको बताए । आवश्यक भए एण्टीजेन परीक्षणको व्यवस्था समेत समिति आफैले गर्नेसमेत उनले जानकारी दिए ।

    शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको बताउदै अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले भने, ‘सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।’

    व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश पशुपति, फर्पिङ, पनौती  र चाँगुनारायण स्थान लाने क्रमा व्रतालुहरुलाई आवश्यक सर सामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको बताउदै अध्यक्ष श्रेष्ठले भने,’ बाटोमा हिँड्नको लागि आवश्यक सरसहयोग गर्न नेपाल स्काउट सक्वव क्र्यु नेपाल रेडक्रस सोसाईटी साँखु शाखा स्वयमसेव र विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा आवश्यक बन्दोवस्तीका सामान सहित स्वयमसेवकहरु परिचालन गरिनेछ । साथै व्रतालुहरुको कठिनाइलाई मध्यनजर गरी हिँड्नै नसक्ने व्रतालुहरुको लागि स्टेचरको व्यवस्था गरी बोकर नै भएपनि एक ठाउँबाट अर्को ठाउँमा व्रतालुहरुलाई पुर्‍याउने आवश्यक बन्दोबस्त गरेका छौँ ।’

    Facebook Comments Box