• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ माघ २०७८, शुक्रबार


    बिज्ञापन
  • शुक्रबार रातिदेखि सवारीसाधनमा जोर-विजोर लागू

    काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

    ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको बताए। उनले उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत बताए ।

    ‘कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेको छ,’ पन्तले अन्नपूर्णसँग भने। उनले शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने बताए।

    Facebook Comments Box