• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ असार २०७९, शुक्रबार


    बिज्ञापन
  • जापानी पूर्वप्रधानमन्त्री शिन्जो आँबेमाथि गोली प्रहार

    टोकियो । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आँबेमाथि गोली प्रहार भएको छ । जुलाई ८ तारिख बिहान ११:३० बजे चुनाब प्रचारको क्रममा नारा सिटीको सभामा ३ ओटा गोली लागेका आँबेको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर एनएचकेले लेखेको छ ।

    जापानको नारा केनमा आफ्नो भाषण गरिरहेको अवस्थामा जापानको पुर्व प्रधान्मन्त्री आवेलाई पछाडीबाट अन्दाजी ४० वर्षको पुरुषले ३ ओटा गोली हानेका थिए । ति अज्ञात युवालाई नारा प्रहरीले पक्राउ गरेको छ । हालको अवस्था रगत धेरै बगेको अहिले हेलिकोप्टरबाट १२:३० हस्पिटलमा पुराएका थिए । मुटुको भल्व बन्ध भएकोले अवस्था चिन्ताजनक अवस्था रहेको समाचार उल्लेख छ ।

    पश्चिमी जापानको नारा सहरमा गोली प्रहार भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेर हिरासतमा राखेको बताएको छ ।

    यहि जुलाई १० तारिख हुने निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी अभियानको लागि बिहान भाषण गर्ने क्रममा पूर्व जापानी प्रधानमन्त्रीलाई पश्चिमी सहर नाराको सडकमा ढलेका थिए ।

    अस्पतालमा चिकित्सकले कुनै गम्भीर लक्षण नदेखिएको स्थानीय दमकल विभागले जनाएको छ ।

    Facebook Comments Box