• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ श्रावण २०७९, मंगलवार


    बिज्ञापन
  • एसईईमा विन्ध्यवासिनी विद्यालयकी जोनी बनिन टोखा टपर

    टोखा टाइम्स,  काठमाडौँ । टोखा नगरपालिका-३ स्थित विन्ध्यावासिनी माध्यामिक विद्यालयकी जोनी महर्जनले ३.८५ प्रतिशत जीपीए ल्याएकी छिन्।

    बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जोनीले ३.८५ प्रतिशत जीपीए ल्याएर टोखा नगरपालिकाको उत्तरी भेगकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन्।

    त्यस्तै, टोखा ३ अवस्थित सत्यसाइ शिक्षा सदनका मनिष यादव र अग्रज भट्टराईले ३.८० प्रतिशत जीपिए ल्याएका छन् ।  भने, विन्ध्यावासिनी माध्यामिक विद्यालयकी प्रेहिशा महर्जनले ३.७० जीपिए ल्याएकी छन् ।

    सामुदायीक विद्यालय तर्फ उत्कृष्ट नतिजा श्री सरस्वती माध्यामिक विद्यालयको ३.६ जीपिए रहेको छ । त्यस्तै,  बैडेश्ववर माध्यामिक विद्यालय ३.५०,  झोरमहाँकाल मा.वि २.७० र चण्डेश्वरी मा.वि. २.३ प्रतिशत जीपिए रहेका छन् ।

    त्यस्तै संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजाविन्ध्याबासिनि माध्यामिक विद्यालय ३.८५ र ३.७० जीपिए रहेको छ । त्यस्तै सत्यसाइ शिक्षा सदन ३.८०,  अमर माध्यामिक विद्यालय ३.६, लक्ष्मीपुर मा. वि ३.५५ , गणेश मा.वि ३.६, ‍ओएसिस पब्लिक एकेडेमी ३.६५, पब्लिक मा.वि ३.३५  र त्रिवेणी मा.वि ३.३५ प्रतिशत जीपिए रहेका छन् ।

    विगतका वर्षहरुको तुलनामा नुवाकोटका विद्यालयहरुले नजिता कमजोर देखिएको छ । कोरोनाको कारण लगातार दुई वर्ष विद्यालयको आन्तरिक मुल्याङ्कनका आधारमा परिणाम सार्वजनिक गरिएकोमा यो पटक भने विद्यार्थीको उपस्थितिमा परीक्षा संचालन गरिएको थियो ।

    २०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा टोखा नगरपालिकाको उत्तरी भेगका वडा नम्बर १,२ र ३ का संस्थागत र सामुदायिक १२ वटा विद्यालयका तीन सय ३ जना सहभागी थिए।

     

    Facebook Comments Box