• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ पुष २०७९, बुधबार


    बिज्ञापन
  • टोखा साहित्य दबूको साहित्य लेखन कार्यशाला शुभारम्भ

    टोखा टाइम्स, काठमाडौँ । टोखा साहित्य दबूको आयोजनामा साहित्य लेखन कार्यशाला शुभारम्भ भएको छ । बुधबार दबूले टोखा नगरपालिका ३ वडा कार्यालयको सभाहलमा १० दिने साहित्य लेखन कार्यशालाको शुभारम्भ गरेको हो ।

    कार्यशालाका सहभागीलाई टोखाको धार्मिक मुर्त सम्पदाहरु मठमन्दिरहरुको बारेमा गहन खोज अनुशन्धान गरी लेखिएको लेखलाई  पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक तथा साहित्य दबूका अध्यक्ष बाबुलाल डंगोले बताए ।

    कार्यशालाको पहिलो दिन बुधबार शिक्षक तथा साहित्यकार प्रभात सापकोटा (शिव सर)ले लेखनका सैद्धान्तिक पक्ष, स्वरुपका साथै अनुशन्धानात्मक लेखनका सीपबारे सहजीकरण गरेका थिए ।

    टोखा नगरपालिका ३ वडाको वडास्तरी बजेटबाट सञ्चालन भएको कार्यक्रम शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि टोखा-३ का वडा सदस्य हरिकृष्ण श्रेष्ठ यस प्रकारका कार्यक्रमले टोखाको धार्मिक सम्पदाहरुको लुकेर रहेको महत्वको बारेमा थप जानकारी पाउन सकिने भएकाले यसले टोखाको धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    साहित्य लेखन कार्यशाला पुष १६ गतेसम्म सञ्चालन हुने छ ।

    Facebook Comments Box