• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ माघ २०७९, बिहीबार


    बिज्ञापन
  • साविक टोखा चण्डेश्वरीको जग्गा नापजाँच गर्ने सम्बन्धी प्रारम्भिक छलफल सम्पन्न

    काठमाडौँ (टोखा टाइम्स) ।  टोखा नगरपालिका -२ वडा साविक टोखा चण्डेश्वरी गाउँ विकास समितिमा जग्गा नापजाँच सम्बन्धी प्रारम्भिक छलफल सम्पन्न भएको छ । १ नम्वर नापी टोलीले यही माघबाट नापजाँच गर्ने भनि जारी गरेको सूचनाको आधारमा बिहिबार २ वडा कार्यालयको आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा छलफल कार्यक्रम गरेको हो ।

    १ नम्वर नापी टोलीले यही माघबाट नापजाँच गर्ने भनि पठाएको सूचनाको आधारमा २ वडा मा कसरी नापजाँचको कार्य अगाडि बढाउने भन्ने सम्बन्धमा राय सुझावको लागि प्रारम्भिक छलफलको आयोजना गरिएको टोखा-२ का वडा सदस्य अमर डंगोलले बताए ।

    साविक सरस्वती गाविसमा नापजाँचका क्रममा देखा परेका समस्या तथा अपठ्यारालाई मनन् गर्दै साविक चण्डेश्वरीमा त्यस्तो अवस्था नआओस भन्ने उद्देश्यले वडाले सक्रिय राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको समेत वडासदस्य  डंगोलले जानकारी गराए ।

    कार्यक्रममा वक्ताहरुले नापी टोली आउनु पुर्व वडास्तरबाटै विवाद र वाधा रहित सहज रुपमा कार्य सम्पादन गर्न वडामा नै नापी कार्यालयको स्थापना गर्नु पर्ने, विवाद रहेको स्थानमा नापी टोलिले नापजाँच गर्नु पुर्व वडा कार्यालयबाट अमिन नियुक्त गरी त्यसको समाधान गर्नु पर्ने, वडा कार्यालयबाट हालसाविकको पुर्जा वितरण गर्नु पर्ने लागयतका राय तथा सुझाव प्रस्तुत गरेका थिए ।

    त्यस्तै, नापजाँचका क्रममा आउन सक्ने समस्याहरुलाई पहिलानै पहिचान गरी त्यसको समाधान गर्न विशेष टोलि बनाएर अगाडि बढ्न  सुझाएका थिए ।

    कार्यक्रममा साविक टोखा चण्डेश्वरी गाविसका पुर्वअध्यक्ष कशिनारयण श्रेष्ठले जनप्रतिनिधिहरुले कसैप्रति राजनीतिक पुर्वाग्रह नराखि जनताको हितका लागि अगाडि बढ्नु पर्ने बताए । उनले यसबारेमा वृहत छलफल गर्न आवश्यक रहेको समेत बताए ।

    ‘अहिले नक्सा र फिल्ड ठ्याकै मिल्दैन । वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवि, कानुन व्यवसायी सरोकारवालाहरु सबैको सम्झादरीमा हालसाविकमा जाउँ अनि सजिलो हुन्छ ।कर्मचारी र सध्यारहरु बसेर नापजाँच गरेमा कहिले पनि मिल्दैन अनि कर्मचारीहरुले आफ्नो सजिलोको लागि ब्लकमा नापेर जान्छन् पछि दुःख हामीलाई नै हुन्छ ।’- उनले भने ।

    टोखा-२ का निवर्तमान वडाअध्यक्ष दिपक राज जोशीले समस्या छ समाधनको लागि नापी गर्न आवश्यक गरेको भन्दै वडा अध्यक्षको संयोजकत्वमा नापीका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिविहरु समेति सरोकारवाला समिति गठन गरी आगाडि बढ्न सुझाए ।

    निष्पक्ष र विवाद रहित जग्गा नापजाँच गर्न वडा कार्यालयले आवश्यक वृहतर छलफल, राय, सल्लाह, सुझाव संकल्न  तथा पुरा तयारी पश्चात नापजाँच कार्य अगाडि बढाईने वडा सदस्य आर्यन डंगोलले बताए ।

    कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले साविक टोखा सरस्वतीमा नापी हुँदा पैसाको अत्यधिक चलखेल भएको, अनावश्य दुःख दिने काम गरेको, पैसा दिएर जग्गा आफ्नो नाममा राख्ने जस्ता कार्य भएको  गुनासा सुनाएका थिए ।

    छलफल कार्यक्रममा लेखापढी व्यवसायी माइला श्रेष्ठ र पुनलाल श्रेष्ठ, कानुन व्यवसायी तथा नेकपा एमाले टोखा नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोल, माओवादि केन्द्र टोखा २ नगर अध्यक्ष राजेन्द्र श्रेष्ठ नेवाः गुथि तोखाका महासचिव हेराकाजी डंगोल लेखापढी व्यवसायी तथा नेपाली काँग्रेस टोखा २ नगर ईकाइ सभापति हेराकाजी महर्जन, नेमकिपाका प्रतिनिधि शैलेश डंगोल लगायतले आ-आफ्ना राय तथा सुझाव राखेका थिए ।

     

     

     

    Facebook Comments Box