• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१२ चैत्र २०७९, आईतवार


    बिज्ञापन
  • सपनतिर्थ मेला व्यवस्थापन गर्ने विषयमा छलफल सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । टोखाको धार्मिक तिर्थस्थल सपनतिर्थ मेला व्यवस्थापन सम्बन्धी विशेष छलफल सम्पन्न भएको छ । प्रत्यक वर्ष बैशाख १ गते लाग्ने मेलाको व्यवस्थापन गर्न सपनतिर्थ क्षेत्र विकास समितिले आईतबार एक विशेष छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

    सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा मन्दिर परिसरमा बसेको बैठकमा टोखा नरपालिकाका प्रमुख प्रकाश अधिकारी,  उपप्रमुख मुरारी तामाङ,  टोखा – २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा – २ का  वडासदस्य आर्यन डंगोल, महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका प्रहरी नायव उपनिरिक्षक अंगुर जे.सि., टोखा प्रहरी प्रभागका नायव निरिक्षक सुनिल पनेरू, टोखा संस्कृति क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ  समितिका पदाधिकारी द्यःखल, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले सपतिर्थ तथा स्नान मेलाको महत्वको बारेमा वैठकमा जानकारी गराउँदै  मेला तथा मेला भर्न आउने दर्शनार्थीहरुको आवश्यक व्यवस्थापन तथा सुविधाका लागि स्थानीय सरकार तथा सुरक्षा निकायलाई ध्यानाकर्ष गराउँदै सहयोगको लागि अनुरोध गरेका थिए ।

    डंगोलले मन्दिरको रङ्गरोगन, मन्दिर परिसरमा थप बत्तीको व्यवस्थापन, पोखरीमा पानीको व्यवस्था,  मेला भर्न आउने दर्शनार्थीहरुका लागि अस्थायी चर्पी तथा स्थानका लागि लुगा फेर्ने स्थान निर्माण तथा व्यवस्थापन, शान्ति सुरक्षाको लागि प्रहरी परिचालन, थप सी.सी. क्यामरा जडान, सवारी साधनहरु पार्किङ्ग व्यवस्थापन, समितिको कार्यकक्ष व्यवस्थापनका लागि आवश्य सामग्री लगायतको स्थानीय सरकार तथा सुरक्षा निकायसँग माग गरेका थिए ।

    वैठकमा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले युगौदेखि गुथि समुदायको सहयोगबाट निरन्तर चलि आएको टोखा नगरापलिकाकै पहिचान र गौरवको स्थान र पर्व सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहयोगको अपेक्षा गर्नु जाएज भएको बताएका छन् ।

    नगर प्रमुख अधिकारीले स्थानीय सरकारले नै करोडौँ खर्चेर सपनतिर्थ मन्दिरको निर्माण गरिएको प्रशंङ्ग उठान गर्दै मन्दिरको श्रृङ्गार तथा आवश्यक सामग्रीहरुको परिपुर्ति स्थानीय सरकारले नै गर्ने आश्वस्त पारेका थिए ।

    त्यस्तै, टोखा-२ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले चण्डेश्वरी मन्दिरदेखि सपनतिर्थ मन्दिरसम्म आउने बाटोमा सडक बत्ती जडान तथा मन्दिर परिसरमा थप बत्ती जडानका लागि टेन्ड आह्वान गरिसकेको बताउँदै केहि दिन भित्र जडान कार्य अगाडि बढ्ने बैठकमा बताए ।  उनले टेन्डर हाल्ने अधिकांशको  विधुत प्राविधिकरणले निर्धारण गरेको मापडण्ड अनुरुप नभएकाले जडानमा ढिलाई भैरहेको समेत जानकारी दिए ।

    टोखा संस्कृति क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले मेलाको मौका छोपेर उत्श्रृखल गतिविधि तथा चोरी लुटपालको घट्ना घटने गरेको बताउँदै यसको निरुत्साहित तथा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले डिरेस र सिभिलमा प्रहरी खटाउनु पर्नेमा जोड् दिएका थिए ।

    हामी सम्पुर्ण टोखाबासीहरुले सपनतिर्थ मेला र त्यससँगै हुने विस्काः जात्रालाई अपनत्वग्रण गर्दै सभ्य र भव्य रुपमा मनाउँनु पर्ने समेत बताए ।

    वैठकमा उपस्थित महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका प्रहरी नायव उपनिरिक्षक अंगुर जे.सि.ले आवश्यक सुरक्षा र जनशक्तिको माग बमोजिम आफुहरु  शान्ति सुरक्षामा खट्न तत्पर रहेको बताए । ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षर र प्रवर्धनका लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा उनको भनाई थियो ।

    चैत महिनाको अन्तिमदिन शिवपुरीमा रहेको बाघद्वारको मेला भरेर राती अर्थात वैशाख १ गते चण्डेश्वरी हुदैँ सपनतिर्थ बास बसि मेलामा स्थान गर्ने चलन छ । सोदिन सपनतिर्थमा रहेको सिद्धपोखरीमा स्नान गर्नाले शारिरीक रोगको नाश हुने तथा मनोकाँक्षा पुरा हुने जनविश्वास रही आएको छ ।

    Facebook Comments Box