• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ जेष्ठ २०८०, बिहीबार


    बिज्ञापन
  • “मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम” टोखा अस्पतालमा सुरु

    टोखा टाइम्स, काठमाडौं । बागमती प्रदेश सरकारले अघि बढाएको “मुख्यमन्त्री जनता  स्वास्थ्य परीक्षण कार्यक्रम ” टोखाको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरूभएको छ ।

    बिहिबार अस्पताल व्यवस्थापन समिति अध्यक्ष युथ महर्जन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ डाक्टर नवीन दरनाल तथा अस्पताल व्यवस्थापन समिति सदस्य तथा टोखा-२ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठले  वडासदस्य लक्ष्मी हिमाङलाई संयुक्तरूपमा टिकट दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    ‘स्वास्थ्य परीक्षण बिहान १० बजेदेखि सुरु हुने छ भने परीक्षणका लागि आउँदा आफ्नो परिचय खुल्ने नेपाली नागरिकताको एक प्रति छाँया कपि अनिवार्यरुपमा साथमा लिएर आउनु पर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले बताउनु भयो ।

    तीस देखि ७० वर्षसम्मका जोकोही व्यक्तिले स्वास्थ्य परीक्षण गर्न पाउँनेछन् । कार्यक्रममा १६ किसिमका नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण निःशुल्क हुनेछ ।

    अस्पताल व्यवस्थापन समितिका सदस्य तथा टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले स्वास्थ्य परीक्षण गरी स्वास्थ लाभ लिन सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box