• टोखा टाइम्स

    • प्रकाशित मिति:७ श्रावण २०८०, आईतवार


    बिज्ञापन
  • नेपाली राष्ट्रिय सेपाकताक्रो खेलाडी सुमित्रा डंगोल सम्मानित

    काठमाडौँ (टोखा टाइम्स) । नेपाली राष्ट्रिय सेपाकताक्रो खेलाडी टाेखा निवासी सुमित्रा डंगोल शनिबार टाेखामा सम्मानित भएकी छन् । सेपाकताक्रो खेलकी एक महत्त्वपूर्ण महिला सदस्य सुमित्रा डंगोललाई आज टाेखामा राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) ले आयोजना गरेको अनेरास्ववियु टाेखा नगर कमिटीको अधिवेशन कार्यक्रमका दौरानमा सम्मान -पत्र प्रदान गरेका हुन् ।

    उनलाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि नारायणभाइ श्रेष्ठले सम्मानित गर्नुभयो। त्यस्तै विशिष्ट अतिथि नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य तथा सम्पदा अभियन्ता मनिराज डंगाेलले सेपाकताक्रो खेलाडी सुमित्रा डंगोललाई प्रोत्साहन स्वरुप नगद रु १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

    सेपाकताक्रो खेलाडी टाेखा निवासी सुमित्रा डंगोलले नेपालको प्रतिनिधित्व गर्दै गत असार २४ गते देखि ३१ सम्म थाइल्यान्डमा भएको SEPAKTAKROW Kings Cup World Championship (अन्तर्राष्ट्रिय सेपाकताक्रो किङ्स कप बिस्वकप च्याम्पियनसिप )मा नेपाललाई कास्य पदक दिलाएकि हुन् ।

    Facebook Comments Box