• टोखा टाइम्स

    • प्रकाशित मिति:२६ श्रावण २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखाकी चेली खुशी डंगोल महिला टी–२० विश्वकपमा छनोट

    टोखा टाइम्स, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।

    टोखाकी खुशी डंगोल हिजो नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोलीमा पर्न सफल भएकी हुन ।

    यहि अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले बिहीबार टोलीको घोषणा गरेको हो । टोलीमा खुशी डंगोलसंगै कप्तान रुविना क्षेत्री सहित सीता राना मगर, इन्दु बर्मा,बिन्दु रावल,कविता कुँवर, कविता जोशी, पुजा महतो,सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ,रुवि पौडेर, अप्सरी बेगम र अस्मिना कर्माचार्य टोलीमा परेको छ। ११ टिम सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    आईसीसी महिला टी- २० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।

    जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।

    दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई टोलीले टी- २० महिला विश्वकपका लागि २०२४ मा ग्लोबल क्वालिफायर खेल्नेछन् । जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली २०२४ सेप्टेम्बर-अक्टोबरमा बंगलादेशमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

    Facebook Comments Box