• टोखा टाइम्स

    • प्रकाशित मिति:१ भाद्र २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखाका रोहन एसिया रग्बी यू-२० सेभेन्सका लागि नेपाली पुरूप टिमको कप्तानमा छनोट

    टोखा टाइम्स, काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते हुने एसिया रग्बी यू-२० सभेन्स प्रतियोगिताका लागि शुक्रबार नेपाली टिमको घोषणा गरेको छ ।

    संघले शुक्रबार पत्रकार सम्मेलनमा पुरूषतर्फ टोखाका रोहन डंगोलको कप्तानमा नेपाली राष्ट्रिय टिमको घोषणा गरेको हो ।

    प्रतियोगितामा एसियाका ७ राष्ट्र नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता हुनेछ । जसमा पुरुषतर्फ सहभागि सातवटै राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ नेपालसहित थाइल्याण्ड, हङकङ र मलेसियाको सहभागिता हुनेछ ।

    उद्घाटन खेलमा पुरुषतर्फ नेपाल र भारत भिड्ने छन् । उक्त खेल शनिबार बिहान १० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

    नेपाली रग्बी इतिहासमा नेपालमा आयोजना हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

    Facebook Comments Box