• टोखा टाइम्स

    • प्रकाशित मिति:११ भाद्र २०८०, सोमबार


    बिज्ञापन
  • नग्नतामा सौन्दर्य खोज्ने टोखाका शंखनारायण

    टोखा टाइम्स, काठमाडौं । नेपालमा धेरै कलाकारहरू छन् जो मानवको यौन जीवन संग सम्बन्धित कुरालाई कलाको माध्यमबाट पोख्ने गर्छन। कसैले प्रत्यक्ष र कसैले परोक्षरूपमा पोखे पनि यौन जीवनबाट कुनै पनि कलाकार टाढा छैनन। यही परिस्थितिमा पौवा चित्रकला मार्फत यौनजन्य कलालाई सिर्जना गर्ने टोखाका युवा कलाकार शंखनारायण श्रेष्ठ का कलाकृर्ति हेरे उत्पन्न हुन्छ ।

    तिब्बेतियन गुरू कर्मा लामा र नेपाली गुरू प्रेममान चित्रकारको परम्परावादी कला साधनामा सदैव आफूलाई यस क्षेत्रमा समर्पित गर्ने शंख नारायण केही दशक अगाडी कलम र कुची प्रति मोह उत्पन्न भएको थियो। कर्मा गुरू संग ८/९ वर्ष काम गरिसकेपछि आफ्नै मनमा उब्जेका मनोभावहरूलाई विवेकबाट देवीका नग्नलाई तादाम्य गरी चित्र अभिव्यक्तिका रूपमा यिनले आफ्नो कला साधनाका खुडकिलाहरू तयार गरेका थिए। शंखनारायणले भाद्र ७ देखि १३ सम्म नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलमा प्रदर्शन गर्न पाएकोमा खुशी व्यक्त गर्छन।

    यसको अतिरिक्त उनले बनाएको “आकास योगिनी” को पौभामा कलात्मक अभिव्यत्ति झल्किन्छ। यसमा अभिव्यकत्यात्मक तथा कल्पनात्मक दुवै शैलीको प्रयोग भएको छ या यी दुवै गुण एकै ठाउॅमा समेट्ने विशेषता यो कलामा विधमान छ भन्ने त्यस्ता कलालाई के भन्नु पर्ला? वा त्यो कला कुन रूपमा चिन्न सजिलो पर्छ भन्ने शंका मेटाउन आफ्नो अनुभवको आधारमा कोरिएका ती चित्रहरू र शंखनारायणका युवा जोश र जॅागरलाई प्रशंसा नगरी रहन सकिन। -हिक्मत डंगोल

    Facebook Comments Box