• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ भाद्र २०८०, बिहीबार


    बिज्ञापन
  • टोखामा डेंगु र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

    टोखा टाइम्स काठमाडौं । टोखामा डेंगु र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

    सो रोगविरुद्ध स्थानीय बासिन्दालाई सचेतना जगाउनका लागि बिहिबार टोखा सरस्वती स्वास्थ्य चौकीको आयोजना तथा टोखा नगरपालिका ३ वडा कार्यालय र तुख्य स्काउट क्र्युको सहयोग र सहकार्यमा डेंगु तथा आँखा पाक्ने रोग सम्बन्धी र्‍याली तथा सप्ताहिक बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

    टोखा सरस्वती स्वास्थ्य चौकी प्राङ्गणबाट शुरु भएको र्‍याली नगरपरिक्रमा पश्चात पुनः स्वास्थ्य चौकी प्राङ्गणमा पुगेर सभामा परिन्त भएको थियो ।

    सो कार्यक्रममा टोखा नगरपालिका ३ वडाध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष रमेश डंगोल, २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल, सरस्वती मा. वि. का प्र.अ. अर्जुन श्रेष्ठ, वडा सचिव सानू श्रेष्ठ, तुख्य स्काउट टोखा नगर संयोजक नवीन श्रेष्ठ, स्वास्थ्य चौकी ब्यवस्थापन समिती पुर्व उपाध्यक्ष श्री हरिमान श्रेष्ठ, टोखा सरस्वती स्वास्थ्य चौकी प्रमुख सन्जीव पटेल, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु, टोखा २ र ३ का विद्यालयका विद्यार्थी, एमिटी ग्लोबल कलेजका दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments Box