• टोखा टाइम्स

    • प्रकाशित मिति:१ आश्विन २०८०, सोमबार


    बिज्ञापन
  • तुख्य सहकारीको अध्यक्षमा दिनेश्वर श्रेष्ठ

    टोखा टाइम्स, काठमाडौँ । तुख्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिनेश्वर श्रेष्ठ चयन भएका छन् ।  सहकारीको सोमबार सम्पन्न नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट ९ सदसीय कार्यसमिति सर्वसहमत चयन भएको हो ।

    तुख्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भिम डंगोलको सभाध्यक्ष तथा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा टोखाको बि.एल. भ्वय् छेंमा सम्पन्न कार्यक्रमबाट बालकृष्ण श्रेष्ठ (उपाध्यक्ष), नवीन श्रेष्ठ (सचिव), र  भिमराज डंगोल (कोक्षाध्यक्ष) चयण भएका छन् ।

    त्यस्तै, कार्य समितिको सदस्यहरुमा राजेश श्रेष्ठ, रोहित श्रेष्ठ, रबी श्रेष्ठ, बिधान श्रेष्ठ र बिना महर्जन चयन भएका हुन ।

    तस्बिरः सुकराम श्रेष्ठ टोखा ,फोटो स्टुडियो / टोखा टाइम्स

    Facebook Comments Box