• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ आश्विन २०८०, शनिबार


    बिज्ञापन
  • तुख्यः स्काउट क्र्युको दीक्षान्त समारोह सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । तुख्यः स्काउट क्र्युको दीक्षान्त समारोह सम्पन्न भएको छ । टोखा स्थित लक्ष्मीपुर स्कुलमा  तुख्यः स्काउट क्र्युद्वारा आयोजित नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको हो ।

    नेपाल स्काउट राष्ट्रिय बाग्मती प्रदेश संयोजक शिवराम अर्यालले समारोहमा तुख्यः स्काउट क्र्युका रोभर-रन्जरका साथै अमर माद्यमिक विद्यालय, ओएसिस एकाडेमी र विन्ध्यावासिनि माध्यमिक विद्यायल स्काउट ट्रुपका विद्यार्थीलाई दीक्षित गर्नुभएको थियो ।

    दीक्षान्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममाक विशिष्ठ अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले स्काउट मानव जीवनको महत्वपुर्ण अंश भएको भन्दै जस्ले  व्यक्तिलाई अनुसाशित बनाउन, देशभक्त बनाउन र परिआएको घटना परिघटना प्रति कसरी सजग हुने  आफ्नो जीवनमा कसरी आत्मनिर्भरता बनाउने भने कुरामा महत्वपुर्ण योग्दान गर्दै आईरहेको बताउनुभयो ।

    उहाँले स्काउटको विकास तथा  विस्तारका लागि आफुले केही बजेट विनियोजन गर्दै आएको समेत जानकारी दिनु भयो । स्काउटमा संलङ्गन भएर लाग्ने व्यक्ति अनुसाशित र सहयोगि हुने भएकाले प्रत्येक घरघरमा स्काउटर हुनसके समाजमा बढ्दो विकृति र विसंगतीहरु न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले येँया पुन्हिको पाँच दिनसम्म यातायात व्यवस्थापनमा खतेर जात्रा सञ्चाल्नमा सहजिकरण र व्यवस्थित बनाउन सहयोगि भूमिका निर्वाह गरेकोमा २ र ३ वडा कार्यालयको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाउँने अपेक्षा गर्नु भयो ।

    कार्यक्रमा प्रमुख अतिथि शिवराम अर्यालले टोखामा सशक्त रुपमा स्काउटको विस्तार भैरहेकोमा गर्वको महशुष गरेको बताउँदै दीक्षित हुने विद्यार्थीले मन बचन र कर्मले समाज र देशको सेवामा लगनशिल भएर लाग्नु पर्ने बताउनुभयो ।

    दीक्षान्त समारोहको अवसरमा प्रमथ गाँठो प्रतियोगिताको आयोजना समेत गरिएको थियो । जस्मा, निशि डंगोल (अमर स्कुल स्काउट ट्रुप), शिल्पा श्रेष्ठ (लक्ष्मीपुर स्काउट ट्रुप) र आयुषा महर्जन (विन्ध्यावासिनि स्काउट ट्रुप) क्रमशः प्रथम दितृय र तृतीय भएका थिए । प्रतियोगितामा बिजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवराम अर्याल तथा विशिष्ट अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । साथै सहभागि सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    रोभर लिडर संयोजक विशाल डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तुख्यः स्काउट क्र्युका संयोजक अनिता श्रेष्ठ, टोखा नगर स्काउट संयोजक नवीन श्रेष्ठ, अमर स्कुलका प्रधानाध्यापक हरिदास श्रेष्ठ, लक्ष्मीपुर स्कुलका सह प्रधानाध्याक हरिबहादुर श्रेष्ठ, ओएसिस् एकाडेमिका प्रधानाध्यापक विश्वराज श्रेष्ठ, सरस्वती मा.विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजराज श्रेष्ठ, टोखामा स्काउट भित्र्याउने स्काउट मास्टर हरि महर्जन, जेभर-रेन्जर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तुख्यः स्काउट क्र्युका उषा महर्जन सञ्चालन गरेकी थिइन् ।

    Facebook Comments Box