• टोखा टाइम्स

    • प्रकाशित मिति:२९ आश्विन २०८०, सोमबार


    बिज्ञापन
  • नेपालबाट मनसुन बाहिरियो

    टोखा टाइम्स ।२९ असोज २०८०

    काठमाडौं। नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो।

    यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो।यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।

    सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    Facebook Comments Box