• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ कार्तिक २०८०, शुक्रबार


    बिज्ञापन
  • युएईलाई हराउँदै नेपाल विश्वकपमा

    १७ कार्तिक, टोखा टाइम्स / काठमाडौं । युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ। एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।

    नेपाललाई विश्वकपमा पुर्‍याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए। ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए। २१ बल खेलेका रोहितले ३ चौका र एक छक्का प्रहार गरे। त्यसअघि कुशल भुर्तेल ११ रन र गुल्शन झा २२ रन बनाएर पेभेलियन फर्किएका थिए।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

    यता बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत सेमिफाइनलमा नेपाल र युएई र ओमान र बहराइनको खेल भइरहेको छ। उता टियु खेल मैदानमा बहराइनले ओमानलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो। 

    Facebook Comments Box