• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • एमसीसी टेबल गरेर नेपाललाई ट्रयापमा पारिँदैछ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय ऐन नबनाइकन जबरजस्ती एमसीसी टेबल गर्ने काम संविधानविरोधी भएको बताएका छन्।

    संसद बैठकपछि खनालले एमसीसी करार सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताए। उनले भने, ‘एमसीसी करार सम्झौता हो। करार सम्झौतालाई अनुमोदन गर्ने भनेर अहिलेको सरकारले जुन ढंगले टेबल गर्न पुग्यो, एउटा महाशक्तिको दबाबको आधारमा। यो नेपालको लागि लज्जाको विषय हो।’

    खनालले सम्पूर्ण नेपाली जनताको शिर निहुराउने काम नेताहरुले गरेको बताए। उनले भने, ‘म यसप्रति दुःख प्रकट गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु। करार सम्झौतालाई कुनै पनि देशको संसदबाट अनुमोदन गरिँदैन। जुन ढंगले नजिर बसाइयो। नेपाललाई ट्रयापमा पारिँदै छ। संघीय ऐन बनाएरमात्रै सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ। संघीय ऐन नबनाइकन जबरजस्त एमसीसी टेबल गर्ने काम गर्नु संविधानविरोधी काम हो।’

    Facebook Comments Box