• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • अवरोधका बीच संसदमा एमसीसी अघि बढ्छः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोधका बीच अमेरिकी सहायता परियोजना ( एमसीसी) अघि बढ्ने बताएका छन् । संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने, ‘आजको छलफलमा नेकपा एमालेका सांसदले भाग लिनुभयो ।

    मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, माओवादीका सांसदले भाग लिनुभयो । अब १२ गतेबाट सामान्य छलफल प्रारम्भ हुन्छ । छलफल आज जसरी भएको छ त्यसैगरी गर्नुपर्छ । नाराबाजीका बीचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्ने सांसदहरुले छलफलमा भाग लिएर पुष्टि गरिसक्नुभयो । ’

    थापाले थपेन,’ प्रस्ताव राष्ट्रघाती भन्ने हो भन्ने माननीय भीम रावलले केपी ओली राष्ट्रघाती हो भनेर नारा लगाउनुपर्छ। एमसीसी राष्ट्रघाती भन्ने हो भने माओवादीका सांसदहरुले पुष्पकमल दाहाल मुर्दावाद भन्ने आँट गर्नुपर्छ । ‘

    Facebook Comments Box