• टोखा टाइम्स

    • प्रकाशित मिति:८ मंसिर २०८०, शुक्रबार


    बिज्ञापन
  • ‘कात्तिक नाचका कलाकारको पारिश्रमिक माला किन्दै सकिन्छ

    टोखा टाइम्स । ८, २०८०

    ६ असोज । गतअसोज २ गतेदेखि पाटन कृष्ण मन्दिर परिसरको डवलीमा हरेक रात ऐतिहासिक सास्कृतिक कात्तिक नाच चलिरहेको छ ।

    नाचका लागि कलाकारहरु दिनरात खट्टिएका छन् । नाच सञ्चालनका लागि चार महिनासम्म तालिम चल्यो । आजकल नाटकको लागि कपडा र श्रृगारको सामान जोड्दैमा दिन बित्ने गरेको कलाकारहरु बताउछन् ।


    नाचमा गणेशको भूमिकामा नृत्य गरिरहेका कलाकार स्र्णीम महर्जन श्रृगार गर्नका लागि सिजन सकिएसँगै माला महँगो हुने र व्यवस्थापनले पारिश्रमिकको रुपमा दिने ५ सय रुपैयाँ माला किदा किन्दै सकिने बताउछन् । ‘एउटा मालाकै डेढसयसम्म खर्च हुन्छ । चार पाँच वटा चाहिन्छ । दुई दिनमा सुकेर जान्छ’ उनी भन्छन् ।


    श्रोतको अभावमा नाचको खर्च गर्न कठीन भइरहेको र कात्तिक नाचमा पन्ध्र लाखभन्दा धेरै खर्च हुने कात्तिक नाच संरक्षण समितीका कोषाध्यक्ष उत्तमरत्न शाक्य बताउछन् । उनी भन्छन्, ‘हामी माला लगाउने कलाकारलाई दैनिक पाँच सय पारिश्रमिक दिन्छौं ।’


    नाचका लागि श्रृगारका लागि माला कलाकारले नै किन्नु पर्ने नियम छ ।नयाँ कपडा र ताजा माला लगाएर नृत्य गर्दा जोसिलो हुने कलाकार महर्जनको अनुभव छ । भन्छन्, ‘श्रृगार र कपडा राम्रो नभए नृत्य राम्रो हुँदैन । त्यसैले हामी जति सकिन्छ र राम्रो बन्ने कोसिस गछौं ।’

    नाचमा संलग्न अर्का कलाकार नाम उल्येख नगर्ने शर्तमा भन्छन्,‘सधै पारिश्रमिकबीना नृत्य गर्न कठीन छ । काम नगरि खान नपाउने परिस्थिती बन्न थालेको छ । हामीलाई यो संस्कृति धन्न अव मुस्किल छ ।’


    तालिमको क्रममा खाजा खर्च गहना, कपडा मर्मत र व्यवस्थापन खर्च धेरै हुने कोषध्यक्ष शाक्य बताउछन् ।
    वाध्यबाधक, गायन, नृत्यलगायत गरेर ६० जनाभन्दा धेरै कलाकार र व्यवस्थापक नाच सञ्चालनमा लाग्नु गरेको कोषाध्यक्ष शाक्य बताउछन् ।


    पछिल्लो समय ललितपुर महानगरले दिएको एक करोड अक्षयकोषको व्याज आम्दानीबाट नाच सञ्चालन भइरहेको छ । कोषध्यक्ष शाक्य भन्छन्, ‘संघ संस्था र सहयोगीहरुको चन्दा र पुरानो कोषको पैसा चलाउने गरेका छौं ।’ महानगरपालिकाको आर्थिक सहयोग उपलव्ध गराउनुअघि संस्कृति मन्त्रालयले ७० हजार रुपैया नाचका लागि बजेट दिने गरेको थियो । मन्त्रालयले बजेट नदिएपछि महानगरले नाचको लागि बजेट उपलव्ध गराएको हो ।

    नाचको व्यवस्थापन गरिरहेका शाक्य बजेट अभावका कारण आफूले ४ महिना काम गरेको १५ हजार लिएर चित्त बुझाएको गुनासो गर्छन् ।


    २०२० सालसम्म २७ दिन चलेको यो नाच त्यसपछि २०३८ सालसम्म दुई दिन मात्रै देखाइएको थियो । २०३८ सालपछि ८ दिन देखाउन थालिएको हो ।

    २०७१ सालमा संस्था दर्ता गरेर नाच व्यवस्थित बनाइएको छ ।
    नच गही मंसिर ११ गते राती समापन हुँदैछ ।

    Facebook Comments Box