• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • टोखामा नेपालभाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले आइतबारदेखि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सुरु गरेको छ । वडा नम्बर ३ को कार्यालयको सभाहलमा प्रशिक्षण सुरु भएको हो ।

     

    प्रशिक्षणको उद्घाटन गर्दै नगरका उपप्रमुख ज्ञानमाया डंगोलले टोखाको सम्पदा संरक्षण गर्ने अभियानका लागि साविक टोखा चण्डेश्वरी र सरस्वरी गाविसमा रहेका विद्यालयहरुमा स्थानीय नेपालभाषाकै पाठ्यक्रम पठनपाठन गर्न लागिएको बताइन ।

    ‘हामीले नगरसभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ्यक्रम तर्जुमा गरेका हौं । यो नगरपालिकाको संस्थागत निर्णय हो । थालनी भएकोले यसमा केही सुधार गर्नुपर्ने पक्ष हुन सक्छन्’, उपप्रमुख डंगोलले भनिन । पाँच दिनसम्म चल्ने प्रशिक्षण मातृभाषा संरक्षण अभियान टोखाको सहकार्यमा नगरको शिक्षा युवा तथा खेलकुद विभागले आयोजना गरेको हो ।

     

    पाठ्यपुस्तकमा काठमाडौँभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समेटिएका छन् ।

     

    बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ । नयाँ शैक्षिकसत्रबाट विद्यालयमा पठन-पाठन सुरु हुनेछ ।

     

    टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी, टोखा नगरपालिकाका शिक्षा युवा तथा खेल शाखा प्रमुख खगेन्द्र सिंह धामी, टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी,टोखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ र सृजना आचार्य, नेवा:वस्ती नेवा स्कुल अभियानका संयोजक दिपक तुलाधर, नेवा:विद्यार्थी युनियनका महसचिव प्रशान्त डंगोल, टोखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल, मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर लगायत टोखा नगरपालिका वडा २ र ३ का गरी ३० जना शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments Box