• टोखा टाइम्स

    • प्रकाशित मिति:३ माघ २०८०, बुधबार


    बिज्ञापन
  • सपनतिर्थमा नवनिर्मित मन्दिरमा सपनविनायक गणेशको मूर्तिको प्राण–प्रतिष्ठा

    टोखा टाइम्स, ३ माघ । टोखा नगरपालिका–२, सपनतिर्थको मन्दिर परिसरमा बुधबार नवनिर्मित सपनविनायक भगवान गणेशको मूर्ति प्राण–प्रतिष्ठा भएको छ । सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा एक धार्मिक समारोहबीच मूर्तिको प्रतिस्थापन गरिएको हो ।

    सपनतिर्थ मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी सपनविनायक गणेशको मूर्तिको प्राण–प्रतिष्ठा गरिएको सपन द्य: छेंका पुजारी तथा सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले जानकारी । सपन द्यः छेंका परिवारका सदस्य तथा आफन्त, सपन द्यः खलःका सदस्य, क्षेत्र विकास समितिका पदाधिकारी र स्थानीयको उपस्थितिमा भजनकिर्तन र बॅासुरी, धिमे बाजागाजासहित सपनविनायक गणेशको मूर्तिको प्राण प्रतिष्ठाको कार्यक्रम सम्पन्न भएको थियो ।

    धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार जिर्ण भएको मूर्तिको स्थानमा नयाँ मूर्ति राख्नु पर्ने भएकाले सपनविनायका पूजारी समेत रहेका स्वर्गिय ज्ञानवीर तथा रत्नमाया डंगोलका छोराहरु धनवीर डंगोल, रामकृष्ण डंगोल र देवराज डंगोलले नयाँ मूर्तिको प्रतिस्थापना गरिएको हो । सपनविनायकको मूर्ति प्रतिस्थापन गर्ने कार्यमा रामकृष्ण डंगोलको विशेष योगदान रहेको छ ।

    ‘छोरा नभएको व्यक्तिलाई छोरा दिनेमा सपन विनायक गणेश देवताको प्रसिद्दी निकै छ। तसर्थ छोरा पाउने आशाले गणेशलाई पैसा वा लड्डु चढाउने वा अन्य भाकल गर्ने चलन यहां प्रचलित छ। साथै देश विदेश गएका आफ्ना आफन्तहरूको कुनै खबर नभएमा यी गणेशको पुजा गर्दा छिटो समाचार प्राप्त हुने लोक कथन छ।’ सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगालले बताए।

    लाभ र बुद्दीका स्वामी सपनविनायकलाई बुद्दि , ज्ञान, कला , कौशल र शीप आदिको प्रदाता मानिन्छ । टोखाका नेवाः समुदायमा नवबधूलाई कुल देवता कहां लगी कुल परिवारमा समावेश गर्नुअघि विवाहोत्सवको लगतै पछि सबै काम निर्विरोध सम्पन्न पारिदिने, मनोकामना पूर्ण गरिदिने , छोरा प्रदान गर्नै तथा सर्वदेवमय भगवान सपन विनायकको दर्शन गराउने पुरातन अधपी कायम नै रहेको छ।

    Facebook Comments Box