• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ चैत्र २०८०, शनिबार


    बिज्ञापन
  • ह्वाइट माउन्टेन स्कुलले विविध कार्यक्रम गरी अभिभावक दिवस मनाईयो

    टोखा टाइम्स, २४ चैत्र  । टोखा नगरपालिका – ६ धापासी स्थित ह्वाइट माउन्टेन स्कुलले विविध कार्यक्रम गरी वार्षिक अभिभावक दिवस मनाएको छ । शनिबार आफ्नो विद्यालय प्राङ्गणमा स्कुलले विविध साँस्कृतिक कार्यक्रम सहित स्कुलको वार्षिक अभिभावक दिवस मनाएको हो ।

    विद्यालयका संस्थापक तथा प्रधानाध्यापक तिलक शर्मा पौडेलको सभापतित्वमा प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरेको कार्यक्रममा टोखा नगरपालिका युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत खगेन्द्र सिङ धामीका साथै अभिभावकहरुको बाक्लो उपस्थित रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुरारी तामाङले विद्यार्थीहरुले पठेर मात्र होइन व्यवहारिक ज्ञान-शीप आर्जन गर्न आवश्यक भएको बताए । उनले यसको लागि विद्यालय तथा अभिभावकहरुले बालबालिकाहरुलाई विशेष ध्यान र समय दिएर पाठ्पुस्तकमा भएका ज्ञान, गुण र शीप बाहेक व्यवहारिक  ज्ञान, गुण र शीप  सिकाउनु पर्नेमा जोड् दिए ।

    विद्यालयका संस्थापक तथा प्र.अ तिलक शर्मा पौडेलले पछिल्लो समयमा शिक्षण संस्थाहरुमा वेथिति वढ्न थालेको भन्दै केन्द्र सरकार, स्थानीय सरकार तथा सरोकारवालाहरुले विशेष निगरानी तथा नीति ल्याउनु पर्नेमा जोड् दिए । उनले हाल पठनपाठन भैरहेको पाठ्यक्रम विषयवस्तुहरु लगायतमा थुप्रौ त्रुटि रहेको भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयले यसलाई सुधार्नु पर्ने उनले सुझाए ।

    विद्यालय शिक्षक अभिभावकहरुको त्रिकोनात्मक सम्बन्धले मात्र विद्यार्थीमा भएको कमिकमजोरीहरुलाई सुर्धान गर्न सकिने उनको भनाई थियो । उनले हामीले विद्यार्थीहरुलाई उच्च शिक्षा र संस्कार दिएको भन्दै तिनीहरुका कारण तपाईको शीर कहिले ननिहुरिने ढृद विश्वास लिए ।

    कार्यक्रममा विद्यालयले आयोजना गरेको स्पोट दे मा उत्कृष्ट भएका विद्यार्थीहरु तथा विद्यालयको शैक्षिकसत्रमा विभिन्न विषयमा उत्कृष भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

    साथै कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।

    Facebook Comments Box