• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ पुष २०७८, मंगलवार


    बिज्ञापन
  • आज नेवाः एकता दिवस, टोखामा विविध कार्यक्रम गरी मनाइँदै

    टोखा टाइम्स, काठमाडौँ । आज १२ औ‌ं नेवाः राष्ट्रिय एकता दिवसको अवसरमा  ऐतिहासिक साँस्कृतिक नगरी टोखामा विविध कार्षक्रम गरी मनाइँदै छ ।

     

    टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको आयोजनामा टोखाको थनेलाछिमा हुने कार्यक्रममा मौलिक परम्परागत बाजाहरुको विशेष ताल प्रस्तुति, विशेष ब्यक्तित्वहरु सम्मान, हस्तकला, कृषि, चाकु, चित्रकला, नेवारी खाजा-नास्ताको विविध स्टल प्रदर्शनी हुने टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनु भयो  ।

     

    टोखा नगरपालिकाको विशेष सहयोग र नेवाः गुथि तोखाको बिशेष व्यवस्थापनमा मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यक्रम हुने छ । उक्त कार्यक्रम नेवाः एच डी टेलिभिजन र टोखा मिडिया नेटवर्कको फेसबुक पेजबाट प्रत्येक्ष प्रसारण समेत हुनेछ ।

     

     

     

    Facebook Comments Box