• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ जेष्ठ २०७९, सोमबार


    बिज्ञापन
  • टोखा – ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ निर्वाचित

    काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ४ को जारी मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६९२ मतका साथ निर्वाचित भएका हुन । उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत मान श्रेष्ठले ३७३ मत ल्याएका छन् ।

    दलित र मिहला सदस्यमा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् । खुला वडा सदस्यमा काँग्रेसका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

    Facebook Comments Box