• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:४ जेष्ठ २०७९, बुधबार


    बिज्ञापन
  • मेयरमा पुनः प्रकाश अधिकारी र उपमेयरमा मुरारी तामाङ निर्वाचित

    काठमाडौं । टोखा नगरपालिकाको मेयरमा प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् ।

    उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा जित हासिल गरेका हुन् ।

    निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन् ।

    टोखाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । ज्ञानमायाले ९ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।

    Facebook Comments Box