• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:९ श्रावण २०७९, सोमबार


    बिज्ञापन
  • टोखामा गथांमुगः (भिडियो)

     

    प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाका नेवाः समुदायले गथांमुगः पर्व मनाउने गर्दछन् । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । गथांमुगःसँगै नेवाः समुदायमा चाडपर्वहरुको आगमन सुरु हुने गर्दछ । गथांमुगःलाई टोखामा भूत धपाउने चाडर्को रुपमा मनाईन्छ ।

    थनेलाछीमा तलेजु देय नायः र पायमाको विशेष रेखदेखमा कुसले थरका समुदायले नारायण मन्दिर परिसरमा गथांमुगःका लागि आवश्यक तयारी गर्ने गर्दछ । पराल र छ्वालीको मुठ्ठाबाट गथांमुगः तायर गरिन्छ र सो गथांमुगःलाई तपलाछिको दबुमा राखिन्छ । कुसले समुदायका एक ब्यक्तिले आगो लगाएपश्चात त्यसलाई डोरीले तानेर छ्वासमा फाल्न लाने चलन छ ।

    Facebook Comments Box