• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन
  • कांग्रेस: मुस्लिम बाहेकका सबै भातृ संगठनको कार्यसमिति विघटन

    काठमाडौं, फागुन ३ गते । नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

    मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिएका थिए । विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको महतले जानकारी दिए ।

    Facebook Comments Box