• टोखा टाइम्स

    • प्रकाशित मिति:८ श्रावण २०८०, सोमबार


    बिज्ञापन
  • अनेरास्ववियु टोखा नगर कमिटीको अध्यक्षमा अनिस डंगोल 

    काठमाडौँ (टोखा टाइम्स) । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) टोखा नगर कमिटीको अध्यक्षमा अनिस डंगोल  निर्वाचित भएका छन् । अनेरास्ववियु टोखा नगर कमिटीको शनिबार टोखामा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डंगोल निर्वाचित भएका हुन् ।

    अनेरास्ववियु टोखा नगर कमिटीले १७ सदस्यीय कमिटी सर्वसमत चयन गरेको छ ।  टोखा नगरकमिटिको उपाध्यक्षमा दिपशिखा दाहाल, सचिवमा संजिता थापा, सहसचिवमा सिता श्रेष्ठ र बिनिता डंगोल र कोषध्यक्षमा पुकार मर्हजन रहेका छन् । त्यस्तै, कार्यसमितिका सदस्यहरुमा सुदिप पंण्डीत, पबित्रा नेपाली, प्रकृति नेपाली, सगुन मानन्धर, निराकार श्रेष्ठ, प्रनिता डंगोल , बिनोद श्रेष्ठ, प्रशान्त डंगोल, मनिता डंगोल, मनिराज श्रेष्ठ  र सोमी डंगोल सर्वसमत निर्वाचित भएका छन् ।

    Facebook Comments Box