• टोखा टाइम्स

    • प्रकाशित मिति:१० भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • जापानी भाषा शिक्षक संगठन नेपाल (जाल्टान)को नयाँ नेतृत्वमा राजेन्द्र के सी चयन  

    टोखा टाइम्स, काठमाडौँ। जापानी भाषा शिक्षक संगठन नेपाल (जाल्टान)ले नयाँ नेतृत्व चयन गरेका छन्। शनिवार इन्द्रेणी स्विट होटेल, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न कार्यकममा योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमीका संस्थापक प्रिन्सिपल श्री राजेन्द्र के सीको अध्यक्षतामा दश सदसीय कमिटी सर्वसम्मत चयन गरेका थिए। 

    उपाध्यक्षहरुमा संजय श्रेष्ठ र विजय लाल सिंह, सचिवमा बिक्रम जुगीजु श्रेष्ठ, सह सचिवमा रवि श्रेष्ठ, कोषाध्यक्षमा जुनिता राजभण्डारी, सह कोषाध्यक्षमा प्रजन श्रेष्ठ चयन गरेका थिए।

    त्यस्तै, सदस्यमा कमला राई लामा, रितेश खड्का र चिरन शाही चयन भएका थिए।

    निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ सहित एघार सदसीय कार्यसमितिको चयन गरिएको थियो।

    जाल्टानको नवनिर्वाचित कार्य समितिले शनिबार नै प्रमाणपत्र बुझ्दै पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए

    #जाल्टान
    Facebook Comments Box