• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ चैत्र २०७८, सोमबार


    बिज्ञापन
  • सार्वजनिक यातायातको समस्यालाई लिएर विद्यार्थी पुगे वडाकार्यालयमा

    टोखा टाइम्स काठमाडौँ । सार्वजनिक यातायातको समस्यालाई लिएर विद्यार्थीहरूले स्थानीय निकायलाई समस्या समाधानको माग गरेका छन् ।

    टोखामा चल्ने सार्वजनिक सवारीमा यात्रा गर्दा भोग्नु परेका समस्यालाई लिएर टोखाका विद्यार्थीहरूले टोखा नगरपालिका २ वडा कार्यलयलाई समस्याको समाधानको पहन गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    विद्यार्थीहरूले सार्वजनिक सवारीमा यात्रा गर्दा भोग्नु परेका समस्याहरू बुँदागत रूपमा उल्लेख गर्दै त्यसको समाधानका लागि स्थानीय सरकार गम्भीरतापूर्वक लाग्न भन्दै समस्याका पोको बोकेर गएका विद्यार्थी र स्थानीय जनप्रतिनिधि, ट्राफिक प्रहरी, राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधि बीच संक्षिप्त रूपमा गुनासाहरूका बारेमा छलफल समेत भएको थियो ।

    निर्धारीत समयतालिका बमोजिम गाडी संचालन नभएको, सीट क्षमता भन्दा बढी यात्रु राखि चलाइएको, विद्यार्थीको पोसाकमा देखिएका यात्रीलाई देखेपछि गाडी नरोकी जाने, चालक तथा सहचालकहरुले यात्रुलाई गाली गलोज तथा दुर्व्यवहार गर्ने गरेको, समय अवधी भन्दा बढी रोक्ने तथा अनियत्रित तवरले यात्रुहरु भर्ने र ओराल्ने गरेको, गाडीको तोकिएको भाडा दर भन्दा जथाभावी रकम असुल्ने गरिएको, गाडी भित्रको सिट फोहोर भएको,अनियत्रित रुपमा गाडी ओभर स्पीडमा चलाउने तथा जथाभावी ओभर टेक गर्ने गरिएको लगाएका समस्या लिखित रूपमा वडा कार्यालयलाई बुझाएको थियो ।

    आफ्नो समस्या बुझाउन गएका विद्यार्थीहरुले वडाका अध्यक्ष दिपकराज जोशी तथा वडासदस्यहरु हेराकाजी डंगोल, प्रेमकृष्ण खड्गी टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , समाजवादी नेकपा एस टोखा २ वडाका अध्यक्ष देवराज डंगोल, गणेश इङ्गलिस विद्यालयका प्राध्यापक विश्वक डंगोल, टोखा मिडिया नेटवर्क तथा टोखा टाइम्सका कार्यकारी सम्पादक सुविन्द्र श्रेष्ठ, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित, महानगरी प्रहरी प्रभाग टोखाका ट्राफिक प्रहरी किशोर बहादुर बोहराले विद्यार्थीहरुले उठाएका विषयहरुको बारेमा आफ्ना भनाई राखेका थिए ।

    २ वडाका अध्यक्ष दिपकराज जोशीले आउँदो शनिबार विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधिहरु सहितको बृहत् सार्वजनिक कार्यक्रम गरी सार्वजनिक यातायातको समस्यालाई सदाका लागि अन्यत्य हुने गरी कार्यक्रम गरी समाधान खोजिने बताएका थिए ।

    विभिन्न कलेजमा अध्ययनरत ३४ जना विद्यार्थीले आज कलेज नगैकन यातायातका क्रममा आफुले भोग्नु परेका समस्यालाई समाधन गर्नका लागि टोखा २ वडा कार्यालयमा उपस्थिति जनाएका थिए ।

    Facebook Comments Box