• टोखा टाइम्स

    • प्रकाशित मिति:२५ जेष्ठ २०७९, बुधबार


    बिज्ञापन
  • सुरक्षित मातृत्व, गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधी निर्देशिका २0७८ सम्बन्धी अभिमुखिकरण सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । सुरक्षित मातृत्व, गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधी निर्देशिका २0७८ सम्बन्धी अभिमुखिकरण कार्यक्रम अन्तरगत तीन दिने प्रशिक्षण सम्पन्न भएको छ ।
    टोखा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा टोखा नगरपालिका अन्तरगतकासम्पुर्ण स्वास्थ्य प्रमुख नरसिङ स्टाफहरुलाई टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरक्षित मातृत्व, गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधी निर्देशिका २0७८ सम्बन्धी अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

    जेष्ठ २३ गतेदेखि २५ गतेसम्म टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल भवनमा सञ्चालन भएको उक्त अभिमुखि प्रशिक्षण कार्यक्रममा झुमा मैनाली, सन्तोष कुवर, रमा अधिकारी र गिता कुवरले प्रशिक्षण दिएका थिए ।

    अभिमुखिकरण प्रशिक्षण पश्चात प्रशिक्षार्थीहरुले उच्च गुणस्तरको मातृ तथा नवजात शिशुस्वास्थ्य सेवाको उपलब्धता बृद्धि , समतामुलक मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको माग र उपयोगमा बृद्धि, मातृ तथा नवजात शिशु सेवामा शाशकिय सुधार तथा उत्तरदायित्व सुनिश्चित, मातृ तथा नवशिशु स्वास्थ्य सेवाको अनुगमन तथा मुल्याँकन पद्धतिमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको आपतकालिन अवस्थाको तयारी तथा प्रतिकार्य क्षमता सबलीकरण लगायत विषयमा दक्षता हासिल गर्ने आयोजकले जनाएको छ ।

    टोखा चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यूथ महर्जनको सभाध्यक्षमा बिहिबार तीनदिने प्रशिक्षण समापन कार्यक्रममा प्रमखु अतिथि डा.सन्तोष गुप्ता रहेका थिए । त्यस्तै कार्यक्रममा टोखा नगरपालिका शास्थ्य शाखा प्रमुख रनलाल कुलाल टोखा नगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    Facebook Comments Box