• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ माघ २०७८, बिहीबार


    बिज्ञापन
  • काठमाडौंमा आज करिब ७ हजार संक्रमित, सक्रिय संक्रमित २६ हजार नाघ्यो

    काठमाडौं: नेपालमा कोरोना संक्रमणको दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमण बढिरहेको छ।

     

     

    मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा एकैदिन ६९८१ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ हजार १, त्यसपछि ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना रहेका छन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २६ हजार ६९८ पुगेको छ।

    आज देशभरि १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको थियो। कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

    त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ।

    Facebook Comments Box