• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३२ असार २०७९, शनिबार


    बिज्ञापन
  • टोखा भगवती तेक्वान्दो डोजाङ सञ्चालमा

    टोखा टाइम्स, काठमाडौँ । श्री भगवती क्लबद्वारा सञ्चालित टोखा भगवती तेक्वान्दो डोजाङको आज उद्घाटन गरिएको छ । टोखा नगरपालिका भित्र रहेका तेक्वान्दो खेलप्रेमीलाई लक्षित गरी सञ्चालन गरिएको टोखा भगवती तेक्वान्दो डोजाङको कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले उद्घाटन गरेको हो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मुरारी तामाङले आफु पनि पहिला तेक्वान्दोको खेलाडि भएको जानकारी दिँदै खेलाडीहरुका लागि आवश्यक पर्ने सामग्रीहरु आफ्नो व्यक्तिगत लागतबाट साउन महिना भित्र उपलब्ध गरिदिने बताएका थिए ।

    उनले आफु खेल प्रेमी भएकाले आफ्नो विशेष प्राथमिकतामा खेल क्षेत्रको विकास गर्ने रहेको भन्दै टोखा भित्र पायक पर्ने स्थानमा सार्वजनिक जग्गा भए त्यहाँ कवड हल निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बाचा समेत गरेका थिए ।

    त्यसै गरी भगवती क्लब सामाजिक कार्यमा निरन्तर अग्रसर भएर लागि परेको छ । आगामी दिनहरुमा पनि जुनसुकै सामाजिक कार्यका लागि रहने क्लबका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष इन्द्रराज जोशी कार्यक्रमा बताए ।

    अध्यक्ष जोशीले टोखामा खेलकुदका लागि एमेडेमी खोल्न सके खेलाडीहरुको उत्पादन तथा खेलाडीहरुलाई व्यवसायीरुप अगाडि बढ्न सहयोग हुने  धारणा राखेका थिए ।

    भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि टोखा नगरपालिका २ वडाका वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नन्द कुमार राई (नेपाल तेक्वान्दो संघका उपाध्यक्ष) केशव पुरी (तक्वान्दो संघ बाग्मती प्रदेश अध्यक्ष), नविन कुमार श्रेष्ठ (नेपाल तेक्वान्दो संघ चिफ कोच), डा. अचुतम लामिछाने (तेक्वान्दो खेल अन्तरगत स्पोर्टस् साईन्सका विद्यावारिधी गरेका विज्ञ), कीम जे मुन् (नामुम् ग्वा भिजन अध्यक्ष), मनिष जोशी (क्लबका पुर्वअध्यक्ष एवं तेक्वान्दो संघका केन्द्रीय सदस्य), रमेश नापित (क्लबका पुर्वअध्यक्ष), दिपक बिष्ट (साग खेलमा ४ वटा गोल्ड मेडलिष्ट) काजल श्रेष्ठ (तेह्रौ सागका गोड मेडलिष्ट), अनुज पुरारी (पुलिस टीमका कोच), सुरेन्द्र बहादुर महरा (टोखा भगवती तेक्वान्दो डोजाङका प्रशिक्षक) लगायतको उपस्थिति रहेको थियो ।

    क्लबको भवनमा सञ्चालित तेक्वान्दो विगत केहि महिनादेखि सञ्चालनमा आएको भए पनि आधिकारीक रुपमा आज उद्घाटन गरिएको टोखा भगवती तेक्वान्दो डोजाङका संयोजक पुरु जोशीले जानकारी दिएका थिए ।

    Facebook Comments Box