• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२४ श्रावण २०७९, मंगलवार


    बिज्ञापन
  • टोखाका २९ स्काउट कोभिड–१९ सेवा पदकबाट विभूषित

    टोखा टाइम्स, काठमाडौँ टोखाका २९ स्काउट कोभिड–१९ सेवा पदकबाट विभूषित भएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउट अन्तर्गत टोखा नगरपालिका स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयमसेवीका रुपमा सहभागी भएका टोखाका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो ।

    आइतबार टोखा नगरपालिका स्थानीय स्काउट कार्यालयले नेपाल स्काउट अन्तराष्ट्रिय प्रशिक्षण केन्द्र ककनीमा आयोजना गरिएको कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् ।

    त्यस्तै नेपाल स्काउट अन्तराष्ट्रिय प्रशिक्षण केन्द्रका संयोजक तथा बागमती प्रदेशका सल्लाहकार केशव रत्न बज्रचार्यले  ट्याफिक स्वयम सेवकको रुपमा सेवा गरेका २५ जना स्काउटलाई प्रमाण पत्र वितरण गरेका थिए ।

    कार्यक्रममा  टोखा नगरपालिका स्थानीय स्काउट तदर्थ समितिका संयोजक नवीन श्रेष्ठले  नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिमा नियुक्त संयोजक शिवराम अर्याल, नेपाल स्काउट अन्तराष्ट्रिय प्रशिक्षण केन्द्रका संयोजक तथा बागमती प्रदेशका सल्लाहकार केशव रत्न बज्रचार्यलाई बधाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।

    Facebook Comments Box